सरकारले बालबालिकाका लागि ६० लाख मात्रा कोरोना विरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको छ । १२ वर्षदेखि माथिका बालबालिकाहरुका लागि खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले बालबालिकाका लागि खोप ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।सोमबार बसेको प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले असोजदेखि चैतसम्म ३ करोड २३ लाख मात्रा