दाङ : लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन भएका विकास समिति खारेज गरेको छ।लुम्बिनी प्रदेशको आज बसेको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेश खारेज गर्ने निर्णय गरेको हो। प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार प्रदेश सरकारले सिकेलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन गर्ने कार्यविधि, २०८० पनि स्वीकृत गरेको छ। त्यस्तै आँखाको नानी निःशुल्क