खाेटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतिको काम अलपत्र छाडेर भाग्ने ठेकेदारको ग्रेडर मेसिन नियन्त्रणमा लिएको छ ।
दिक्तेल–खोटाङबजार सडक अन्तर्गत अस्पताल चोक–लफ्याङको दुबेचिवा (३ किलोमिटर) सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्ने ढुकुछु/बगाले/बीएनटी जेभीको ग्रेडर नियन्त्रणमा लिएको हो ।
सडक स्तरोन्नतिको काम अलपत्र पारेर छाडेको केही समयपछि निर्माणस्थलबाट उठाएर भोजपुरतर्फ लैजाँदै गरेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ नेर्पाको भुलभुलेमा पुर्याइएको ग्रेडर...