खोटाङ – खोटाङको ऐंसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको छ। निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभी, नयाँ बानेश्वर काठमाडौँका प्रतिनिधिले भवनको ‘नक्कली’ ल्याब रिपोर्ट बनाएको विषय बाहिरिएपछि प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको हो। गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरले २०७८ असारमा ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौता अनुसारको गुणस्तर कायम नगरेको’ औँल्याए […]