काठमाडौं : स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेको उजुरीमाथि बुधबार छानबिन हुँदैछ। आइतबार र सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका उजुरीमाथि निर्वाचन आयोगले छानबिन गर्न लागेको हो। बुधबार र बिहीबार छानबिन गर्ने आयोगको कार्यतालिका छ। छानबिन सकेपछि बिहीबार उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ। आयोगको पछिल्लो विवरण अनुसार स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ। तर उम