काठमाडौं (अस) । रिलायन्स लाइफ इन्स्योरेन्सले चौथो वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको कर्पोरेट कार्यालयसहित ५ स्थानमा सम्पन्न कार्यक्रममा १४७ जनाले रक्तदान गरेका थिए ।
कम्पनीले वार्षिकोत्सव अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा कम्पनीका सञ्चालक, शेयरधनी, कर्मचारी, संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारण उपस्थित थिए ।