काठमाण्डाै - स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको भेरोसेलको अभाव हुन सक्ने भन्दै पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन निर्देशन दिएको छ ।भेरोसेल खोपको मौज्दात देशैभर कम भएको भन्दै विभागले पहिलो मात्रा लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन भनेको हो । विभागको परिवार कल्याण महाशाखाले परिपत्र गर्दै ७ वटै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।विभागका महानिर्देशक डाक्टर दीपेन्द्र रमन सिंहले खोपको व्यवस्थापन गर्...