जेठ १९, काठमाडौं । साताको चौथो कारोबार दिन बिहीवार बजार खुलेको तिन घण्टा अवधिमा कारोबारमा आएका २२६ ओटा धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
एनआईसी एशिया ग्रोथ फण्ड, बलेफी हाइड्रोपावर, नबिल ब्यालेन्स फण्ड २, सनराइज फर्स्ट म्युचुअल फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।
यी पाँच धितोपत्र मध्ये सबैभन्दा बढी एनआईसी एशिया ग्रोथ फण्डको १ लाख १७ हजार ६०० इकाई खरीद माग रहेको हो । त्यसैगरी बलेफी हाइड्रोपावरको १ लाख १५ हजार कित्ता, नबिल ब्यालेन्स फण्ड २ को १ लाख ९ हजार ५१७ इकाई, सनराइज फर्स्ट म्युचुअल फण्डको १ लाख ७१० इकाई र एनआईसी एशिया ब्यलोन्स फण्डको ९९ हजार ६५० इकाई खरीद माग रहेको छ ।
यो समचार तयार पार्दासम्म नेप्से परिसूचक १६ दशमलव ८९ अंक घटेर २ हजार ११३ दशमलव ८४ विन्दुमा झरेको हो भने कुल रू. ७६ करोड १८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।