एक महिनामा मोरङमा ३० हजार मतदाता थपिए

फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन् ।  प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार गत मङ्सिर १७ गतेदेखि यही पुस १८ गतेसम्म प्रत्येक पालिकामा निर्वाचन मतदाता नामावली सङ्कलन अभियान चलाइएको थियो । सो अभियानअन्तर्गत नामावली सङ्कलनमा छुटेका मतदातालाई सहभागी गराउन जिल्लाको चार स्थानमा यही २० गतेदेखि पुस २९ गतेसम्म सो अभियान सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा जानकारी गराइयो । मतदाता नामावली सङ्कलनको लागि थ

सम्बन्धित सामग्री

साढे दुई महिनामा ३० हजार मतदाता थपिए कर्णालीमा

सुर्खेत । कर्णाली प्रदेशमा करिब ३० हजार मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । सरकारले आगामी ४ मंसिर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तोकिसकेको छ । कर्णालीका १० वटै जिल्लामा गरी करिब ३० हजार नयाँ मतदाता थपिएका हुन् । प्रदेशमा ३० वैशाख ०७९ भएको स्थानीय तहको निर्वाचनमा नाै लाख आठ हजार ६ सय ३१ जना म...

मुगुमा ६४ सय मतदाता थपिए

मुगु- हिमाली जिल्ला मुगुमा चार वर्षपछि ६ हजार चार सयभन्दा बढी मतदाता थपिएका छन् । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदा मुगु जिल्ला निर्वाचन कार्यालयमा क र ख प्रदेशमा गरी ३० हजार १५ जना मतदाता थिए । पछिल्लो चार वर्षमा नयाँ मतदातासहित पुरुष १८ हजार ९ सय ५४ र महिला १७ हजार ४ सय ७५ […]

मोरङमा एक महीनामा ३० हजार मतदाता थपिए

पुस १९, मोरङ । फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन् ।   गत मंसिर १७ गतेदेखि पुस १८ गतेसम्म प्रत्येक पालिकामा प्रदेश निर्वाचन कार्यालयले मतदाता नामावली संकलन गर्ने अभियान चलाएको थियो ।  अभियानअन्तर्गत मतदाता नामावली संकलनमा छुटेका मतदातालाई सहभागी गराउन मोरङको चार स्थानमा भोलिदेखि पुस २९ गतेसम्म सो अभियान सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा जानकारी गराइएको हो ।  नामावली संकलनका लागि थपिएको समयमा इलाका प्रशासन कार्यालय रंगेली, इलाका प्रशासन कार्यालय उर्लाबारी, जिल्ला प्रशासन कार्यालय मोरङ र निर्वाचन प्रदेश कार्यालय विराटनगर मतदाता नामावली संकलनको काम हुने प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए ।  उनले जिप्रका र यस कार्यालयमा नियमित फोटोसहितको मतदाता नामावली संकलन गर्ने काम भइरहेको र छूट भएका मतदातालाई सहभागी गराउन थप जनशक्तिसहितको इकाइ चार ओटै स्थानमा नामावली संकलनका भइरहेकाले प्रत्येक राजनीतिक दलबाट सहयोग एवम् सहजीकरण गर्न आग्रह पनि गरे ।  एक महानगरपालिका सहित १७ ओटा पालिका र ६ ओटा निर्वाचन क्षेत्र रहेको मोरङमा यसअघि ६ लाख ६९ हजार मतदाता थिए । रासस

एक महिनामा मोरङमा ३० हजार मतदाता थपिए

फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार गत मंसिर १७ गतेदेखि यही पुस १८ गतेसम्म प्रत्येक पालिकामा निर्वाचन मतदाता नामावली संकलन अभियान चलाइएको थियो ।