काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप बिहीबार आउने भएपछि अब पहिला कसले पाउँछ ? कहाँ कहाँबाट खोप पाउन सकिन्छ ? प्रदेश तथा स्थानीय तहमा खोप कहिले पुग्छ भन्ने सबैको मनमा उब्जिएको प्रश्नको जवाफ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार पत्रकार सम्मेलनमै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले दिएका छन् ।भारत सरकारका अनुदान सहयोगमा कोरोनाविरुद्धको खोप १० लाख डोज भोलि अर्थात बिहीबार नेपाल आउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए । गत सोमबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैै मन्त्री त्रिपाठी