हेटौंडा : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको संरक्षकबाटै संविधानको उल्लंघन भएको बताएका छन्।हेटौंडामा बुधबार आयोजित मकवानपुर जिल्ला पार्टी पुनर्गठन घोषणा कार्यक्रममा अध्यक्ष यादवले संविधानको संरक्षक राष्ट्रपतिले नै संविधानको उल्लंघन गरेको बताएका हुन्।संसदका दुवै सदनले दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको जसपा अध्यक्ष यादवले आरोप लगाए। उनले देशको निर्वाचन प्रणाली नै बदल्नुपर्न