१ असोज, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसदले दोहो¥याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन् । संघीय संसदको दुवै सदनले पुनः पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयकले स्वतः ऐनको रुप लिने प्रावधान कतिपय देशमा रहेको भन्दै उनले नेपालमा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नमिल्ने तर्क गरे । […]