राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको कटुन्जेस्थित गणेशमान सिंह स्मृति वाटीका तथा प्रतिमा स्थापना समिति परिसरमा निर्माण गरिएको गणेशमान सिंहको एक हजार दुई सय किलोग्रामको १२ फिट अग्लो ढलोटको प्रतिमा मंगलबार एक कार्यक्रमबिच अनावरण गरेका छन्।...
भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले २०४६ सालको ऐतिहासिक जन–आन्दोलनका सर्वोच्च कमान्डर एवं नेपाली कांग्रेसका संस्थापक नेता लौहपुरुष गणेशमान सिंहको पूर्णकदको प्रतिमा अनावरण गर्नुभएको छ । सिंहको २६औं स्मृति दिवसका अवसरमा राष्ट्रपति पौडेलले सूर्यविनायक नगरपालिकास्थित गणेशमान सिंह स्मृति वाटिका परिसरमा निर्मित १२ सय केजीको १२ फिट अग्लो ढलोटबाट निर्मित सिंहको प्रतिमा अनावरण गर्नुभएको हो । कार्यक्रमलाई […]
काठमाडौँ, २९ भदौ । अन्ततः लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्ष अघि पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्व कृष्णप्रसाद भट्टराईले प्रतिमाको शिलान्यास गरेका थिए । प्रतिमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सुवर्णेश्वर मन्दिरको डाँडामा निर्माण भएको छ । गणेशमान सिंह स्मृति बाटिकाको निर्माणसँगै उनको सालिक पनि निर्माण गरिएको छ । धलौटको […]
नेपालको प्रजातान्त्रिक आन्दोलनका चार अगुवालाई एकै पार्कमा उभ्याइएको छ । हेटौंडा–११ स्थित सहिद स्मारकमा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालासहितका अग्रजहरुको शालिक निर्माण गरी अनावरण गर्न लागिएको हो ।
स्मारक परिसरमा प्रजातान्त्रिक पार्कमा सर्वमान्य नेता एवम् २०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंह, नेपाल कम्युनिस्ट आन्दोलनका अग्रज एवं संस्थापक पुष्पलाल श्रेष्ठ र पूर्वप्रधानमन्त्री एवं तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारको पूर्ण कदको सालिक निर्माण गरिएको हो । करिब डेढ करोड रुपैयाँ खर्चिएर निर्माण गरिएको शालिकको राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार अनावरण गर्ने भएकी छन् ।