नेपालको प्रजातान्त्रिक आन्दोलनका चार अगुवालाई एकै पार्कमा उभ्याइएको छ । हेटौंडा–११ स्थित सहिद स्मारकमा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालासहितका अग्रजहरुको शालिक निर्माण गरी अनावरण गर्न लागिएको हो ।
स्मारक परिसरमा प्रजातान्त्रिक पार्कमा सर्वमान्य नेता एवम् २०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंह, नेपाल कम्युनिस्ट आन्दोलनका अग्रज एवं संस्थापक पुष्पलाल श्रेष्ठ र पूर्वप्रधानमन्त्री एवं तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारको पूर्ण कदको सालिक निर्माण गरिएको हो । करिब डेढ करोड रुपैयाँ खर्चिएर निर्माण गरिएको शालिकको राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार अनावरण गर्ने भएकी छन् ।