साताको अन्तिम कारोबार दिनमा पनि नेप्सेमा भारी गिरावट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक २२.१२ अंकले ओरालो लागेको छ । नेप्से २२.१२ अंकले घटेर २०९४.५४ बिन्दुमा बन्द भएको हाे । आज ५८ लाख ९८ हजार ९०३ शेयरको किनबेच हुँदा २ अर्ब ९ करोड ६४ लाख १९ हजार १६१ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी कारोबारमा रहेका १३ उपसमूहमा आज […]

सम्बन्धित सामग्री

दसैं पछिको पहिलो दिन नेप्से २८ अंकले घट्यो, सवा ७४ करोडको कारोबार

दसैं बिदापछिको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्सेमा भारी गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा २८.१८ अंकले घटेपछि समग्र नेप्से परिसूचक १ हजार ८ सय ७५.६५ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो १.४८ प्रतिशतले कम हो ।

नेप्से ५३ अंकले घट्यो, ५ अर्ब बढीको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार शेयर बजार नेप्सेमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ५३.७० अंक घटेर २०९७ मा कायम भएको छ । आइतबार कुल ५ अर्ब ८ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ । यो दिन २०७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढ्यो । बजारका सबै उपसमूह […]

नेप्सेमा भारी गिरावट, एउटा बाहेक सबै कम्पनीको शेयर मूल्य घट्यो

सोमबार शेयर बजार परिसूचक नेप्से भारी अंकले घटेको छ । आज नेप्से सूचक ७७.०१ अंकले घटेर १९१५.६१ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२७ कम्पनीका ६३ लाख १३ हजार ६ सय ४१ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको शेयर कारोबार भएको छ । जस मध्ये हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ११ करोड ४ लाखको कारोबार भएको छ भने एनआईसी एसियाको ८ करोड ७१ लाख तथा अपर तामाकोशीको ८ करोड ४१ लाख बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका एउटा बाहेक सबै कम्पनीको शेयर मूल्य घटेको छ । आज सोल्टी होटेलको शेयर मूल्य १ रुपैयाँले बढेको हो । सोल्टी बाहेक सबै कम्पनीको शेयर मूल्य घटेको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक पनि घटेका छन् । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ५.७८ प्रतिशत, फाइनान्स समुह ५.७३ तथा हादिरो समुह ५.१९ प्रतिशतले घटेको छ । आज ग्रामिण विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ भने किसान लघुवित्तको शेयर मूल्य ९.१५ प्रतिशतले घटेको छ ।

नेप्सेमा भारी गिरावट

हप्ताको दोश्रो दिन सोमबार नेप्से परिसूचक ७७ दशमलव ०१ अंकले घटेर १९१५ दशमलव ६१ विन्दुमा पुगेको छ । दिनभर कुल २ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा भारी गिरावट, झन्डै ८५ अङ्कले घट्यो नेप्से

काठमाडौँ । स्थानीय निर्वाचनपछिको पहिलो कारोबार दिन नेप्सेमा भारी गिरावट आएको छ । निर्वाचन सम्पन्न भएर धमाधम नतिजा आइरहेको बेला सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा विपरीत बजारमा करिब ८५ अङ्कको गिरावट आएको हो । कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा भारी गिरावट आएको हो । उक्त दिन फाइनान्स र अन्य उपसमूहका […]

नेप्सेमा भारी गिरावट आउँदा लगानीकर्ताले एकै दिन गुमाए १ खर्ब ४१ अर्ब

आज सोमबार शेयर लगानीकर्ताको सम्पति झन्डै डेढ खर्बले घटेको छ । बजार पुँजीकरणको हिसाबमा आज लगानीकर्ताको सम्पति १ खर्ब ४१ अर्ब १२ करोडले घटेको हो ।हिजो आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत कम्पनीहरुको बजार पुँजीकरण ४१ खर्ब २७ अर्ब २३ करोड रहेकोमा आज सोमबारको कारोबारपछि बजार पुँजीकरण घटेर ३९ खर्ब ८६ अर्ब ११ करोड पुगेको छ । कम्पनीहरुको पब्लिक शेयरको आधारमा गणना हुने फ्लोट मार्केट क्यापिटलाईजेसन पनि ५० अर्ब २६ करोडले घटेको छ  । आइतबार १४ खर्ब ४१ अर्ब रहेको फ्लोट मार्केट क्यापिटलाईजेसन आज घटेर १३ खर्ब ९१ अर्ब पुगेको छ । आज नेप्से सूचक १०० अंकले घटेपछि बजार पुँजीकरणमा पनि ठूलो गिरावट आएको हो । आज नेप्से सूचक ३.४३ प्रतिशत अर्थात् १००.१० अंकले घटेर २८२०.४१ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २२८ कम्पनीका १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता शेयर खरीद बिक्रिबाट ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७ रुपैयाँ ५७ पैसाको कारोबार भएको छ । जस मध्ये अपि पावरको सबैभन्दा धेरै ३८ करोड ३४ लाख, एनआईसी एसिया बैंकको ३६ करोड ७३ लाख , अरुण भ्याली हाइड्रोको ३० करोड ४९ लाख तथा अपर तामाकोशीको २० करोड २६ लाखको कारोबार भएको छ ।आज विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर मुल्य १० प्रतिशतले बढेको छ । आज कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य सबै भन्दा धेरै ७.८१ प्रतिशत, माउन्टेन हाइड्रोको शेयर मूल्य ७.७१ प्रतिशत, आशा लघुवित्तको शेयर मूल्य ७.१० प्रतिशत, ओरियन्टल होटेलको शेयर मूल्य ७.०९ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये विकास बैंक समुह ४.५० प्रतिशतले, हाइड्रो समुह ४.४५ र फाइनान्स समुह ४.३० प्रतिशतले घटेको छ । आज कारोबारमा आएका मध्ये ६ कम्पनीको मात्र मूल्य बढेको छ भने १८५ कम्पनीको शेयर मूल्य घटेको छ ।

नेप्सेमा भारी गिरावट, एक सय अंकले घटेर २८ सयमा झर्यो

सोमबार सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.४३ प्रतिशतले घटेर २८ सयको रेन्जमा झरेको हो ।  यस दिन नेप्से सूचक एक सय दशमलब १० अंकले घटेर २८ सय २० दशमलव ४१ विन्दुमा झरेको छ । यो केही महिना यताकै उच्च गिरावट हो । त्यसो त यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १८ दशमलब २० अंकले घट्दै ५२५ दशमलब ९० विन्दुमा झरेको छ ।  आज सबै उपसूचक ऋणात्मक (नेगेटिभ) हुँदा सेयर बजार नै राताम्मे भएको छ । यद्यपि,

नेप्सेमा ७९ अंकको गिरावट हुँदा २२०० को विन्दुमा झर्‍यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट भएको छ । आइतबार ८७ अंकको उच्च गिरावट भएको नेप्सेमा सोमबार पनि ७९.२३ अंकको उच्च गिरावट हुँदा नेप्से २२८२ अंकको विन्दुमा बन्द भएको छ । आइतबार ८७ अंकको गिरावट भएको नेप्सेमा आज पनि उच्च अंकको गिरावट भएको छ...

सेयर बजार अपडेट : नेप्सेमा १०० अंकको गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट भएको छ । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड)ले गएको शनिबार ‘सेयर बजार भनेको साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गरेका थिए । लगातार घटिरहेको सेयर बजारमा प्रचण्डको उक्त अभिव्यक्तिले नुनचुकको काम गरेको छ । आइतबार ८७ अंकको उच्च गिरावट भएको बजारमा...