संसद बैठकमा एमालेको अवरोध - NepaliPatra

काठमाडौँ। सरकारले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक उल्लेखित पुस्तिका उपलब्ध नगराइएको भन्दै नेकपा एमालेले संसद् बैठक अवरुद्ध गरेको छ। बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक उल्लेखित पुस्तिका उपलब्ध नगराइएको भन्दै त्यो पुस्तिका उपलब्ध नभएसम्म बैठक बस्न नदिने अडान रहेको बताए। त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

सम्बन्धित सामग्री

छानबिन समिति गठनको माग गर्दै एमालेको अवरोध : संसद स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि संसद अवरुद्ध गरेको छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न माग राखी एमालेले आज (मंगलबार) संसद अवरोध गरेको हो।गम्भीर विषय उठिसकेपछि अर्थमन्त्री जनार्दन शर्मा पदमा बसिरहन नमिल्ने एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।संसदीय छानबिन समिति गठन नगरेसम्म संसद अगाडि बढ्न नदिने एमालेको अडान छ। अर्थमन्त्रीको मनलाग्दीमा एमाले मूकदर्शक भएर बस्न नसक्ने उनले बताए। तर अर्थमन्त्री शर्माले भने बजेट निर्माण

संसदमा १८७ दिनसम्म एमालेको अवरोध

१ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद १८७ दिनसम्म अवरोध गरेको छ । २३ भदौ २०७८ देखि १ चैत २०७८ सम्म निरन्तर संघीय संसदमा अवरोध गरेको हो । २३ भदौ २०७८ देखि ११ कात्तिकसम्मको ५१ दिन चलेको अधिवेशनको पूरै अवधि र २८ मंसिर २०७८ देखि १ चैत २०७८ सम्म चलेको अधिवेशनको […]

संसद्मा एमालेको अवरोध जारी

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेको छ। आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदहरूलाई सभामुखले कारबाही गरेको सूचना प्रकाशन नगरेको विरोधमा एमालेले लामो समयदेखि संसदमा विरोध जनाइरहेको छ। आजको बैठक पनि सुरु हुनासाथ एमाले सांसदहरू उठेर नाराबाजी सुरु गरेका छन्। आफ्ना माग सम्बोधन नभएसम्म संसद् अवरोध गरिरहने एमालेको भनाइ छ। त्यस्तै, संसद बैठकअघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित  भएको थियो।संसदको अवर

संसद् बैठक सुरु, एमालेको अवरोध कायमै (लाइभ)

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गरेर अवरोध गरेका छन् । बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छैन । सो बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस हुने नेताहरूले बताएका थिए । तर, सत्तारुढ गठबन्धनभित्र सहमति नभएपछि संसद बैठकको कार्यसूचीमा समावेश नगरिएको […]

संसद बैठक आज पनि बस्दै, एमालेको अवरोध जारी रहने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच आज पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद भवन बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा चारवटा अध्यादेश पेस गरिने उल्लेख छ । एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १०औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको […] The post संसद बैठक आज पनि बस्दै, एमालेको अवरोध जारी रहने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

संसद्मा एमालेको अवरोध कायमै

प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ । एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सुचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक अवरोध गर्दै आएको छ ।मंगलबारको बैठकमा पनि नाराबजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो । एमाले सांसदहरुको विरोधका विच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, […]

राष्ट्रियसभा बैठकमा पनि एमालेको अवरोध

काठमाडौँ – संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक पनि एमालले अवरोध गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक शुरू भएलगत्तै एमाले सांसदहरुले सभामुख अग्नि सापकोटाको भूमिका तटस्थ नभएको भन्दै अवरोध जनाएका हुन् । एमाले सांसदको अवरोधपछि अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो भनाइ राख्न दिएको समयमा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले ‘गुरिल्ला’ […]

प्रतिनिधिसभा बैठक सुरु, एमालेको अवरोध कायमै (लाइभ)

सोमबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले संसदमा अवरोध जारी राखेका छन् । तर, एमालेको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले भने संसद बैठक अघि बढाएका छन् ।

सर्वदलीय बैठकको निष्कर्षः एमालेको अवरोध संसद नचाहने ओली सोचकै निरन्तरता

काठमाडौँ – सभामुखले आह्वान गरेको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा सहभागी नेताहरुले एमालेको अवरोध संसद विरोधी सोचकै निरन्तरता भएको निष्कर्ष निकालेका छन्। सोमबार संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाका शीर्ष नेताहरुले एमालेले पहिला पनि विघटन गरेको र त्यसको निरन्तरताका रुपमा अवरोध गरेको निष्कर्ष […]

संसद बैठक सुरु भएलगत्तै एमालेको अवरोध

काठमाडौं, २५ भाद्र । प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुले अवरोध गरेका छन् । उनीहरु नारावाजी गर्दै अवरोध गर्न पुगेका हुन् । नारावाजीमा एमाले सांसदहरु महेश बस्नेत, गोकुल बाँस्कोटा, निरु पाललगायत सक्रिय देखिएका छन् । उनीहरुले नारावाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार अवरोध नगर्न भनिरहेका छन् । माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने […]