तारा एयर खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए ।संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घटनाग्रस्त जहाजका बारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राइट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए ।घटनाक

सम्बन्धित सामग्री

तारा एयर दुर्घटनामा प्राविधिक र मानवीय त्रुटि

काठमाडौं, वैशाख २७ । गत वर्ष जेठ १५ गते मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ नजिकै सानुसरे भिरमा भएको तारा एयरको नाइन एन एइटी विमान दुर्घटनामा मानवीय त्रुटिसँगै र जहाजमा समेत प्राविधिक समस्या रहेको भेटिएको छ । चालक दलसहित २२ जनाको मृत्यु भएको उक्त दुर्घटना यसअघि खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो । जहाज […]

तारा एयर दुर्घटना: पोस्टमार्टम सकियो, आज शव हस्तान्तरण

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा ज्यान गुमाएका चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए ।महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएक

तारा एयर दुर्घटना : थप १२ मृतकको शव काठमाडौं ल्याइयो

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइएको छ । मंगलबार थप १२ जनाको शव ल्याइएसँगै सबै मृतकको शव काठमाडौं ल्याइएको हो । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तीन चालक दल सदस्य र १९ जना यात्रु सवार तारा एयरको ‘टुवीन अटर नाइन एन–एइटी’ […] The post तारा एयर दुर्घटना : थप १२ मृतकको शव काठमाडौं ल्याइयो appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारा एयर दुर्घटना : बाँकी शव काठमाडौँ ल्याइयो, तस्बिरहरु

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौँ ल्याइएको छ । योसँगै तारा एयरको  ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ ।विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो । बाँकी शवहरूलाई आधार स्थल कोबाङ ल्याएर त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ ल्याएको हो ।  १० जनाको शव सो

तारा एयर दुर्घटना : सबै शव संकलन, भेटियो सीभीआर पनि

काठमाडौं : तारा एयर दुर्घटनामा परी मृत्यु भएका बाँकी १२ जना यात्रुको शव संकलन भएको छ। यतिखेर बाँकी शव लिनका लागि काठमाडौंबाट गएको नेपाली सेनाको एमआइ-१७ हेलिकोप्टर भने मौसमी प्रतिकूलताका कारण आँबुखैरेनीमा अवतरण गराइएको छ। पोखराबाट जोमसोमका लागि उडेको ताराको ट्वीनअटर जहाज आइतवार मुस्ताङको थसाङस्थित सानोसरे भीरमा दुर्घटनामा परेको थियो।…

तारा एयर दुर्घटना : १० जनाको शव काठमाडौं ल्याइयो

काठमाडौँ– मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो ।  काठमाडौं ल्याएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने र त्यसपछि आफन्तको जिम्मा लगाउने तयारी छ । शव ल्याइने भएसँगै मृतकका आफन्त त्रिभुवन विमानस्थल पुगेका थिए […]

तारा एयर विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले आइतबार तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय जाँच आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन दुर्घटना तथा जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो । आयोगको सदस्यहरूमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद […] The post तारा एयर विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारा एयर दुर्घटना : ५ सदस्यीय छानविन आयोग गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुस्ताङमा आइतबार भएको तारा एयरको विमान दुर्घटनाको छानविन गर्न ५ सदस्यीय आयोग गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको दुर्घटना जाँच आयोग गठन गरेको हो ।आयोगका सदस्यहरूमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ । आइतबार पोखराबाट जोमसोम जाँदै गरेक

तारा एयर विमान दुर्घटना : २१ जनाको शव फेला, १ जनाको भेटिएन

काठमाडौं, १६ जेठ ।  तारा एयरको विमानमा सवार २२ जना मध्ये २१ जनाको शव फेला परेको छ । मुस्ताङमा थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएको हो । जहाजमा सवार १ जनाको केही भेटिएको छैन् । १ जनाको दुर्घटनास्थलमा सुरक्षाकर्मीहरुले खोजी भइरहेको छ । शव थासाङ गाउँपालिका–२ कोबाङ्गमा केन्द्रित गरेर सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको […]

तारा एयर दुर्घटना: अहिलेसम्म करिब १६ शव भेटियो

पोखरा । तारा एयर विमान दुर्घटनामा परेकामध्ये अहिलेसम्म करिब १६ जनाको शव फेला परेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले हालसम्म १६ वटा शव संकलन भइसकेको र अन्यको खोज्ने काम जारी रहेको हिमाल पे्रसलाई बताए । सबैको शव संकलनसँगै मुचुल्का तयार पारेपछि हेलिकोप्टरमार्फत् उद्धार गरिनेछ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा […] The post तारा एयर दुर्घटना: अहिलेसम्म करिब १६ शव भेटियो appeared first on राजधानी राष्ट्रिय दैनिक.