संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुस्ताङमा आइतबार भएको तारा एयरको विमान दुर्घटनाको छानविन गर्न ५ सदस्यीय आयोग गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको दुर्घटना जाँच आयोग गठन गरेको हो ।आयोगका सदस्यहरूमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ । आइतबार पोखराबाट जोमसोम जाँदै गरेक