काठमाण्डाै - स्वास्थ्य मन्त्रालयले कोभिडको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरुलाई पीसीआर टेस्ट अनिवार्य नगराउन सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको छ ।
अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरूलाई पीसीआर टेस्ट गर्नु नपर्ने मन्त्रालयले जनाएको छ । यसअघि अस्पताल भर्ना हुँदा र अपरेशन लगायतका उपचार गर्नुपर्दा पीसीआर अनिवार्य चाहिन्थ्यो ।
मन्त्रालयका अनुसार १५ लाखभन्दा धेरैले कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाइसकेका छन् । पूर्ण मात्रा खो...