काठमाण्डाै – अमेरिकामा पूर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने प्रावधान लागू गरिएको छ ।
राष्ट्रपति जो बाइडेनले कोरोना महामारीपछि लगाइएको स्वास्थ्य मापदण्डलाई केही खुकुलो पार्दै घर, कार्यालय जस्ता ठाउँमा मास्क लगाउन नपर्ने घोषणा गर्नुभएको हो । ह्वाइट हाउसमा आयोजित समारोहमा विपक्षी रिपब्लिकन सांसदहरुको साथमा आफूले लगाएको मास्क खोल्दै बाइडेनले पूर्ण खोप लगाएकाहरुले इन्डोर स्थलमा मास्क लगाउनु नपर्ने बताएका बीबीसीले जनाएको छ ।
अमेरिकामा पछिल्लो समय कोरोना विरुद्धको खोपको प्रभावकारीता बढेको र संक्रमण नियन्त्...