बजारको विकराल तरलता (लगानी योग्य रकम) अभावको समस्या हल गर्न राष्ट्र बैंकले थप १० अर्ब रुपैयाँ रिपो जारी गर्ने भएको छ । बैंकले बिहीबार तीन बजेदेखि लागू हुने गरी एक हप्ताका लागि १० अर्ब अर्थात् एक सय करोड रुपैयाँ बराबरको रिपो जारी गर्न लागेको हो । उक्त रिपो राष्ट्र बैंकबाट स्वीकृत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्न सक्नेछन् । हाल वित्तीय क्षेत्रमा तरलताको समस्याका कारण बैंकहरू तनावमा छन् भने रकम संकलनकै लागि निक्षे