काठमाडौँ– इन्टरपोलबाट रेड नोटिस जारी भएको मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दी गाउँपालिका–१ का ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ । मानव बेचविखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई खोजी गर्ने क्रममा इन्टरपोल मकाउको समन्वयमा […]