ब्रुनो फर्नाडेजको दुई गोलमा पोर्चुगल उरुग्वेलाई हराउँदै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा उरुग्वेलाई २–० गोलले हराउँदै पोर्चुगल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । लुसाइल स्टेडियममा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे । उनले खेलको ५४औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन् । खेलको इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गर्दै फर्नान्डेजले पोर्चुगललाई २–० गोलको जित दिलाए । जितसँगै समूह ‘