ढिलासुस्ती गर्ने निर्माण कम्पनीको स्काभेटर र ट्याक्टरमा नगरको ताला

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काम अलपत्र पार्ने निर्माण कम्पनीको एउटा स्काभेटर र दुई वटा ट्याक्टरमा ताला लगाएको छ । दिक्तेलको हाटडाँडा–काफ्लेगाउँ–घुम्तीबर सडक र भुते जिरो प्वइन्ट–आयुर्वेद सडक स्तरोन्नतीको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै निर्माण कम्पनी लगलगे कन्स्ट्रक्सनको एउटा हुन्डाइ स्काभेटर, लु ३ त ८७६८ तथा ना ६ त २६१ नम्बरको […]

सम्बन्धित सामग्री

डोटीमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते

डोटी- डोटीमा बुधबार स्काभेटर दुर्घटना भएको छ । जिल्लाको सायल गाउँपालिका–३ स्थित झिग्राना बेटुरा सडक निर्माणमा प्रयोग हुँदै आएको सो स्काभेटर दुर्घटना भएको हो । कैलालीको गौरीगंगा नगरपालिका–५ का २४ वर्षीय विकास सिजापतिले चलाएको बा ३ प ४०८५ नम्बरको स्काभेटरमा माथिबाट ढुङ्गा खसेर ठोक्किन पुगेपछि स्काभेटर सडकबाट करिब एक सय मिटर तल खसेको थियो । […]

अनुदानमा आएको स्काभेटर अलपत्र

छ महिना अघि चिनियाँ अनुदानमा एउटा स्काभेटर दोलखाको गौरीशंकर गाउँपालिका आइपुग्यो । तर धमाधम स्काभेटरले काम गर्नु पर्ने बेला सडकमै स्काभेटर अलपत्र परेको छ । चीनसँग सिमा जोडिएका १४ जिल्लालाई सडक निर्माणमा सहयोग पुग्ने गरी चीन सरकारले अनुदानमा उपलब्ध गराएको थियो । त्यो स्काभेटर गत जेठ अन्तिम साता भन्सार छुटसहित रसुवा नाकादेखि गाउँपालिका आफैंले ल्यायो […]

पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु

कर्णाली – डोल्पाको त्रिपरासुन्दरी नगरपालिका– ३ स्थित जिउभन्ने स्थानमा स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ। बाटो खनिरहेको अवस्थामा आइतबार बिहान करिब ९ बजेतिर माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। स्काभेटर पुरिँदा नेपालगञ्ज उपमहानगरपालिका– १९ बाँके राझा मोहोनपुर निवासी करिब ३२ वर्षीय […]

ताप्लेजुङको गाउँपालिकालाई चीनले दियो स्काभेटर

२१ साउन, फुङ्लिङ । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर उपलब्ध गराएको छ । चीनसँग सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनले सो स्काभेटर उपलब्ध गराएको हो । फक्ताङलुङ गाउँपालिका–७ ओलाचुङगोलामा रहेका टिप्ताला नाका बन्द रहेकाले सिन्धुपाल्चोक जिल्लाका तातोपानी नाकाबाट गत साता फक्ताङ्लुङ गाउँपालिकामा स्काभेटर ल्याइपुर्‍याएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ […]

बाढीले स्काभेटर बगायो

म्याग्दी : रघुगंगा नदीमा भीषण वर्षासँगै आएको बाढीले स्काभेटर बगाएको छ। बाढीले राहुघाट जलविद्युत आयोजनाको ड्याम साइडमा काम गरेर नदी किनारमा पार्किङ गरिराखेको ठाउँमा कटान गरेर स्काभेटर बगाएको हो।४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँध रघुगंगा–४ मा निर्माणधीन अवस्थामा छ।मुक्तिनाथ बगैँचा निर्माण सेवाको ग १ क ५३३८ नम्बरको होन्डाई स्काभेटर नदीले बगाएर करिब २० मिटर तल पुर्‍याउँदा स्काभेटरको महत्वपूर्ण पाटपूर्जा र मेसिनमा ठूलो क्षति भएको कम्पनीका सञ्चालक श्यामनन्द शर्माले जानकारी द

पहिरोले स्काभेटर पुरेपछि दाङ–सल्यान सडक खण्ड अवरुद्ध

पहिरोले स्काभेटर चालक हिमनाथ योगी सामान्य घाइते छन्। पहिरोसँगै खसेका ठूला ढुंगाले स्काभेटर च्यापिएको छ।...

दाङमा स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु

दाङमा सडक मर्मतको क्रममा स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु भएको छ ।  विहीबार  बिहानै जिल्लाको गलाचुली गाउँपालिका– ५ मा सडक मर्मतको क्रममा रा १ क ९१४ नम्बरको स्काभेटर दुर्घटना हुँदा अपरेटर घोराही– १० नारायणपुरका २२ वर्षीय सुनिल विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।स्काभेटर पर्यटकीय स्थल बंगलचुली टावर जाने सडक मर्मतको  दुर्घटना भएको हो । दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन् ।घुम्तीमा सडक मर्मतको क

स्काभेटर पुरिँदा चालकको मृत्यु

रुकुमपूर्व। भूमे गाउँपालिका–८ सिमखोला (पूर्साबाङ)मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिरोले स्काभेटर पुर्दा चालकको मृत्यु भएको छ। आइतबार साँझ सडक खनिरहेका बेला एक्कासी झरेको पहिरोले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङले जनाएको छ। घटना भएलगत्तै प्रहरी घटनास्थलमा पुगे पनि तत्काल उद्धार सम्भव नभएपछि उनको मृत्यु भएको थियो।

भीरबाट खस्यो स्काभेटर, चालकको मृत्यु

पाँचथर : सडकको ट्रयाक खोल्दै गरेको स्काभेटर पल्टिँदा चालकको मृत्यु भएको छ। निर्माणाधिन तमोर कोरिडोर सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा ट्रयाक खोल्दै गरेको ना १ क ८३२१ नम्बरको स्काभेटर बिहीबार दिउँसो चिप्लिएर दुर्घटना भएको हो।अप्ठ्यारो भीरमा ट्रयाक खोल्दै गरेको स्काभेटर चिप्लिएर करिब पाँच सय मिटर तल झरेर दुर्घटना भएको हो। दुर्घटनामा स्काभेटर चालक दोलखाको तामाकोशी गाउँपालिका–३ पुरानोगाउँका २८ वर्षीय पवन महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।उक्त दुर्घटनामा चालकको