नेकपा (एकीकृत समाजवादी) मा जान पाउँ भन्दै नेकपा एमालेका दुई जना सांसदहरूले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।
नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदा देवी भट्टले बुधवार रिट दर्ता गराएका हुन् ।
निर्वाचन आयोग, संघीय संसद सचिवालय, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई विपक्षी बनाई उक्त रिट निवेदन दर्ता गराइएको हो ।
नेकपा (एस) मा सनाखत गर्न खोज्दा निर्वाचन आयोगले सनाखत नगरिदिएको तथा नेकपा एमालेमै विवरण हालसम्म अद्यावधिक राखिएको हुनाले...