मोफसलको प्रतिष्ठित झापा गोल्डकपको पाँचौं संस्करण २१ फागुनदेखि हुने भएको छ । गोल्डकपका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक झापा गोल्डकप आयोजक समितिले जनाएको छ । प्रतियोगिता बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा हुनेछ । कोरोना महामारीले दुई वर्ष रोकिएर शनिबारदेखि हुने प्रतियोगिताको तयारी सकिएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । प्रतियोगितामा भारतको दार्जिलिङको एम एफसी र सिक्किमको आरपी एफसीको सहित साविक त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब