११ महीनामा १२ अर्बको बीमालेख समर्पण

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को ११ महीनामा १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको बीमालेख समर्पण (सरेन्डर) भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आवको जेठ मसान्तसम्ममा बीमितले ९ हजार २३ सय ८१ थान बीमालेख समर्पण गरेका हुन् । प्राधिकरणका अनुसार चालू आवमा सबैभन्दा बढी बीमालेख साउनमा समर्पण भएको छ । साउनमा बीमितहरूले १ अर्ब ५१ करोड रुपैयाँको ८ हजार ४ सय २२ थान बीमालेख समर्पण गरेका थिए । सबैभन्दा कम बीमालेख समर्पण भएको महीना असोज हो । असोजमा ७७ करोड ३२ लाख रुपैयाँको ६ हजार ६३ थान बीमालेख समर्पण भएको थियो ।  जेठमा मात्रै १ अर्ब ३ करोड रुपैयाँको बीमालेख समर्पण भएको छ । जेठमा बीमितहरूले ९ हजार ७ सय ३३ ओटा बीमालेख समर्पण गरेका छन् । जेठमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमालेख समर्पण भएको छ । जेठ यो कम्पनीको ४३ करोड ३९ लाख रुपैयाँ बराबरको २ हजार ८ सय ५८ ओटा बीमालेख समर्पण भएको हो ।  दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको १३ करोड ८८ लाख रुपैयाँको १ हजार ७ सय २२ ओटा बीमालेख समर्पण भएको छ । तेस्रो नम्बरमा रहेको राष्ट्रिय बीमा संस्थानको १२ करोड ४६ लाख रुपैयाँ बराबरको १ हजार ७ सय ११ ओटा बीमालेख जेठमा समर्पण भएको हो ।  मन्दी प्रमुख कारण बीमाक्षेत्रका जानकारहरूका अनुसार आर्थिक मन्दीका कारण बीमालेख समर्पण बढेको हो । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे अहिले विभिन्न क्षेत्रमा मन्दी चलेका कारण धेरैजसो बीमितले आर्थिक जोहो गर्न बीमालेख समर्पण गर्ने गरेको बताउँछन् । ‘अहिले बैंकमा तरलता भए पनि ऋणीले ऋण नपाएको अवस्था छ । घरजग्गामा पनि त्यस्तै मन्दी छ,’ उनले भने, ‘त्यसैले आधारभूत आवश्यकता पूरा गर्न बीमितहरूले पोलिसी सरेन्डर गर्ने गरेको पाइन्छ ।’ पैसा आवश्यक भएको बेला एउटा निवेदन दिएर सजिलैसँग बीमालेख समर्पण गर्न सकिने भएकाले बीमितलाई सजिलो पनि रहेको उनी बताउँछन् ।  विगतमा बीमकहरूलाई राम्रो अन्डरराइटिङ नगरेकाले बीमालेख समर्पण बढेको भन्ने आरोप पनि लाग्थ्यो । अहिले स्थिति फरक छ । ‘नेपालमा मात्र नभएर विश्वभर मन्दी चलिरहेकाले आयस्रोतका साथै क्रयशक्ति घटेको अवस्थामा पोलिसी सरेन्डर हुनु स्वाभाविक हो,’ उनले भने ।

सम्बन्धित सामग्री

भदौमा ८.५७ प्रतिशतले घट्यो बीमालेख समर्पण, कुन कम्पनीको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको भदौमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको बीमालेख समर्पण भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौमा १ अर्ब १८ करोड रुपैयाँको ९ हजार ३८६ ओटा बीमालेख समर्पण भएको छ ।  साउनको तुलनामा यो ८ दशमलव ५७ प्रतिशतले कम हो । साउनमा १ अर्ब २८ करोड रुपैयाँको ९ हजार ७९८ ओटा बीमालेख समर्पण भएको थियो । संख्यामा हिसाबले भदौमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमालेख समर्पण भएको छ । कम्पनीको भदौमा २ हजार ५४२ ओटा ४० करोड २९ लाख रूपैयाँ बराबरको बीमालेख समर्पण भएको हो ।  यो सूचीको दोस्रोमा लाइफ इनस्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड रहेको छ । उक्त कम्पनीबाट १ हजार ८२३ ओटा २७ करोड ५८ लाख रुपैयाँको र तेस्रोमा रहेको राष्ट्रिय बीमा संस्थानको १ हजार १३४ ओटा ९ करोड ८१ लाख रूपैयाँ बराबरको पोलिसी समर्पण भएको छ । कुन कम्पनीको कति बीमालेख समर्पण ? स्रोत : नेपाल बीमा प्राधिकरण ।

‘मन्दीले बीमालेखा समर्पण गर्ने बीमित बढे’

काठमाडौं। जीवन बीमक संघ नेपालका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल अहिले अर्थतन्त्रमा देखिएको मन्दीका कारण बीमालेख समर्पण (पोलिसी सरेन्डर) गर्ने बीमितको संख्या बढेको बताउँछन् ।  बिहीवार आर्थिक अभियानसँगको कुराकानीमा उनले अहिले बीमितले अन्य आर्थिक आवश्यकता परिपूर्ति गर्न पोलिसी सरेन्डर गरेको बताए । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा मात्रै बीमितले १४ अर्ब २७ करोड रुपैयाँको १ लाख ४ हजार ५०६ ओटा बीमालेख समर्पण गरेका छन् । आव २०७८/७९ मा १२ अर्ब १८ करोड रुपैयाँको ८१ हजार ८६० ओटा बीमालेख सरेन्डर भएको थियो । आव २०७८/७९ को तुलनामा २०७९/८० मा बीमालेख समर्पण मूल्यमा १७ दशमलव २० प्रतिशत र संख्यामा २७ दशमलव ६६ प्रतिशतले बढेको हो ।  सीईओ पौडेल पैसाको स्रोत खुम्चिएकाले अहिले बीमितले आर्थिक आवश्यकता पूरा गर्न पोलिसी सरेन्डर गरेकाले विगतका वर्षमा भन्दा सरेन्डर गर्नेको संख्या बढेको बताउँछन् । ‘सरेन्डर केही बढेको देखिए पनि झन्डै ६५० अर्बको बजारमा १२–१४ अर्बको बीमालेख समर्पण रेसियोमा हेर्दा ठूलो भने होइन,’ उनले भने, ‘बीमाक्षेत्र अहिले पनि बढ्दो क्रममा छ । अहिले झन्डै ४५ प्रतिशत नागरिक बीमाको पहुँचमा पुगिसकेको अवस्था छ ।’ बीमाक्षेत्र विकास र विस्तार हुनुमा बीमा कम्पनीहरूको व्यवसाय विकास र विस्तार, प्राधिकरणको सचेतना कार्यक्रम र अभिकर्ताको मुख्य भूमिका रहेको उनी बताउँछन् । सिटिजन लाइफले सर्वसाधारणको लागि भदौ १५ बाट निष्कासन गर्न लागेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा लगानीकर्ताले ढुक्क भएर लगानी गर्दा हुने पनि उनले बताए । उनी कम्पनीको वित्तीय विवरण राम्रो भएकाले लगानीकर्तालाई अन्य कम्पनीको तुलनामा सिटिजनले राम्रो प्रतिफल दिने दाबी गर्छन् । ‘कम्पनीको पूँजी, नाफा, रिजर्भलगायतका वित्तीय सूचकहरू प्रतिस्पर्धी कम्पनीहरूको भन्दा राम्रो छ । कम्पनीको रिजर्भमा १ अर्ब रुपैयाँभन्दा बढी फन्ड छ,’ सीईओ पौडेल भन्छन्, ‘कम्पनीको ९० प्रतिशत लगानी राम्रो प्रतिफल दिने क्षेत्रहरुमा भएकाले लगानीकर्ताले सिटिजनको आईपीओमा ढुक्क भएर लगानी गर्दा हुन्छ ।’ नियामक नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको ५ अर्ब रुपैयाँको चुक्ता पूँजी आईपीओपछि सजिलैसँग पुग्ने सीईओ पौडेलले बताए । ‘आईपीओपछिको फन्ड र कम्पनीको नाफाले निर्धारित चुक्ता पूँजी सजिलैसँग पुग्छ । त्यसपछि भने हामी लगानीकर्तालाई बीमा क्षेत्रका अन्य कम्पनीको तुलनामा राम्रो प्रतिफल दिने गरी रणनीति बनाएर अघि बढ्छौं,’ उनले भने ।

अभिकर्ता कमिसनको खेलले बीमामा ‘सरेन्डर’को लहर

१५ भदौ, काठमाडौं । बीमा समितिले बीमामा देखिएको विकृति रोक्न अभिकर्ताको लाइसेन्सदेखि बीमालेख समर्पण (सरेन्डर)सम्म नै कडाइ गर्ने तयारी गरेको छ । समितिले बीमाको विकृति रोक्न अभिकर्ता लाइसेन्समा मात्रै होइन, कमिसनमा समेत कडाइ गर्ने तयारी छ । बीमालेख सरेन्डर र व्यतित बीमालेख (पोलिसी ल्याप्स) बढेपछि त्यसको अध्ययन गर्न बीमा कम्पनीबाट विवरण माग गरिएको समितिका अध्यक्ष […]

बीमामा बढ्दो बेथिति, वर्षमै १२ अर्बको बीमालेख फिर्ता

१७ साउन, काठमाडौं । बीमा कम्पनीहरुमा पोलिसी सरेन्डर (बीमालेख समर्पण) उच्च भएको छ । आर्थिक वर्ष २०७८/७९ मा १२ अर्ब १८ करोड ५ लाख ‘पोलिसी सरेन्डर’ भएपछि त्यसलाई नियन्त्रण गर्न हालको समर्पण अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष बनाउने विषयमा छलफल सुरु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा जीवन बीमा कम्पनीले कुल १ […]