भदौमा ८.५७ प्रतिशतले घट्यो बीमालेख समर्पण, कुन कम्पनीको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको भदौमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको बीमालेख समर्पण भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौमा १ अर्ब १८ करोड रुपैयाँको ९ हजार ३८६ ओटा बीमालेख समर्पण भएको छ ।  साउनको तुलनामा यो ८ दशमलव ५७ प्रतिशतले कम हो । साउनमा १ अर्ब २८ करोड रुपैयाँको ९ हजार ७९८ ओटा बीमालेख समर्पण भएको थियो । संख्यामा हिसाबले भदौमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमालेख समर्पण भएको छ । कम्पनीको भदौमा २ हजार ५४२ ओटा ४० करोड २९ लाख रूपैयाँ बराबरको बीमालेख समर्पण भएको हो ।  यो सूचीको दोस्रोमा लाइफ इनस्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड रहेको छ । उक्त कम्पनीबाट १ हजार ८२३ ओटा २७ करोड ५८ लाख रुपैयाँको र तेस्रोमा रहेको राष्ट्रिय बीमा संस्थानको १ हजार १३४ ओटा ९ करोड ८१ लाख रूपैयाँ बराबरको पोलिसी समर्पण भएको छ । कुन कम्पनीको कति बीमालेख समर्पण ? स्रोत : नेपाल बीमा प्राधिकरण ।