बुटवलमा बिहीबारदेखि कृषि मेला सुरु भएको छ । उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा कृषि मेला शुरु भएको हो । कृषि मेलाको लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गरेका छन् ।मेलाको उद्घाटन गर्दै प्रमुख शेरचनले कालिगण्डकी–तिनाउ डाईभर्सनमा बन्नुपर्नेमा जोड दिए । राष्ट्रिय उत्पादनमा योगदान गर्ने कालिगण्डकी–तिनाउ डाईभर्सनमा सहयोग गर्न गण्डकी प्रदेश सरकारलाई समेत उनले आग्रह गरे ।नेपाल उद्योग वाणिज्य महासंघका स