पाटन दरबार सङ्ग्रहालयमा प्राङ्गारिक कृषि मेला आयाेजना हुने

काठमाण्डाै - आउँदो वैशाख १ गतेदेखि ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा प्राङ्गारिक कृषि मेला आयाेजना हुने भएको छ । अर्गानिक कृषि मेला अर्गानिक एसाेसिएशन अफ नेपाल र कञ्चनजङ्घा टि–इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा २०७९ साल वैशाख १ गतेदेखि ४ गतेसम्म मेला हुने भएको हो । चार दिनसम्म चल्ने मेलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोग रहने संस्थाले जनाएको  छ । त्यस्तै, स्टल बिक्रीबाट उठ्ने रकमबाट मेला सञ्चालन हुने छ । मेलाबारे जानकारी दिन हिजो पत्रक...