जलेर बालिकाको मृत्यु, आमा गम्भिर घाइते

बुटवल । दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ । दुर्घटनामा आमा गम्भिर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार राप्ती गाउँपालिका–५ कालापानीमा आगो ताप्ने क्रममा आगलागी हुँदा आमाछोरी जलेर गम्भीर घाइते भएका थिए ।४४ वर्षकी पुनम सुनार र उनकी एक वर्षकी छोरी जलेपछि उपचारका क्रममा छोरीको लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । आमा पुनमको लमही अस्पतालमा नै उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

सम्बन्धित सामग्री

प्युठानमा बस दुर्घटना,एक बालिकाको मृत्यु, २३ जना घाइते

प्युठानमा शनिबार यात्रुबाहक बस दुर्घटना हुँदा एब बालिकाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १ की एक वर्षीया अंशु परियार रहेकी छन् ।  घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।प्युठानबाट घोराही जाँदै गरेको ना.३ ख ७१३२ नम्बरको बस मर्काबाङको सेतोपरामा दुर्घटना भएको हो ।  दुर्घटनामा घाइते भएकाहरुलाई अहिले घोराहीको राप्ती स्वास्थ्य प्रतिष्ठानमा ल्याइएको छ । गम्भिर घाइते ४ जना बाहेक अन्य सबैको अवस्थ

भक्तपुरमा टिप्परको ठक्करबाट बालिकाको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ मा टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएको छ । बा.४ ख.७३५२  नम्बरको टिप्परको ठक्करबाट काभ्रेको महाभारत गाउँपालिका–२  घर भएकी ८ वर्षीया विनिता मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले रातोपाटीलाई बताए ।शनिवार साँझ टिप्परको ठक्करबाट गम्भिर घाइते भएकी बालिकाको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो । बालिकाका बुवा आमा सुडालस्थित बिएम इट्टा–भट्टामा काम गर्छन् । बालिकालाई ठक्क

भक्तपुरमा ४ तला माथिबाट खसेर १५ वर्षीया बालिकाको मृत्यु

भक्तपुर, १६ पुस । आफ्नै घरको ४ तला माथिबाट खसेर १५ वर्षीया बालिकाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१० कमलविनायकमा ४ तलामाथि बाट खसेर हरिनारायण सितिखुकीकी छोरी सुनेना सितिखुको मृत्यु भएको हो । शुक्रबार बिहानै घरको तलाबाट खसेर गम्भिर घाइते भएकी सुनेनालाई बुवाले उपचारको लागि भक्तपुर अस्पताल लगेको थिए । हस्पिटल पुर्याएको १५ मिनेटमा उनको […]

गजुरीमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भिर घाइते

काठमाडौं, ९ मंसिर । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा आज मालबाहक ट्रकको ठक्करबाट ११ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ । बिरगञ्जबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख १४९७ नम्बरको ट्रकको ठक्करबाट गम्भिर घाइते भएकी उनकी आमाको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । धादीङको सिद्धलेक गाउँपालिका–१ नलाङका कृपा अर्याल र मिठु अर्याललाई ट्रकले ठक्कर दिएको […]