काठमाडौं : सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले सरकारले फौजदारी कानुन संशोधन गर्नेगरी ल्याएको अध्यादेशको विरोध गरेको छ। अध्यक्ष चित्रबहादुर केसीले मंगलबार विज्ञप्ति जारी गर्दै राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहिनता बढ्ने भन्दै विरोध गरेको हो । ‘टीकापुर जघन्य हत्याकाण्डका रेशम चौधरी मुख्य नाइकेको भूमिकामा थिए। त्यसैले अदालतले उनलाई जेल सजायको फैसला गरेको थियो। वर्तमान काम चलाउ सरकारले रेशम चौधरी समेतका व्यक्तिहरू जो विभिन्न फौजदारी