सुनसरी : जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बराहक्षेत्र नगरपालिका-५ का सुरज विश्वकर्मालाई सोही नगरपालिका-५ भरौलबाट घटनाको १८ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।१४ वर्षीया किशोरीलाई आफ्नै घरमा ४/५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले ती किशोरीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी बेपत्ता भएको घटनामा सर्वोच्च अदालतबाट ९ वर्ष ५ महिना १९ दिन कैद ठहर भई फरार रहेका उनलाई लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई कैद भुक्तानका लागि झुम्का कारागार पठाइएको