सुन्धारा परिसरमा फेरि डोजर चल्यो

काठमाडौं । नेपाल कै कान्छो ऐतिहासिक लुँ हिति सुन्धारा परिसरमा महानगरको आदेश विपरित फेरि डोजर चलाएर काम गरेको पाइएको छ । केहि दिन अघि सुन्धारा परिसरमा डोजर चलाएर पुरातात्विक महत्वको सयौं वर्ष पुरानो अग्राख काठको नाल र भूमिगत पानीको संरचना नष्ट भएको थियो । यसको चौर्तर्फी विरोध भएपछि काठमाडौं महानगका प्रमुख बालेन्द्र शाह आफैं निर्माणस्थल […]

सम्बन्धित सामग्री

टुकुचा खोला खोज्दै कमलादीमा महानगरको डोजर [तस्बिरहरु]

अवैध संरचना हटाउने अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैंक नजिकै खोतल्दा टुकुचा खोला भेटाएको छ । डोजर लगाएर शनिबार खोतल्दा १०/१२ फिट तल टुकुचा खोला भेटिएको महानगरले जानाएको छ । यसअघि जय नेपाल हलको कम्पाउन्डभित्र उत्खनन् गर्दा टुकुचा खोला फेला परेको थियो । केही समय पहिले खोलाको बहाव क्षेत्र पत्ता लगाउन महानगरले सूचना जारी पनि गरेको थियो । महानगरले यसअघि बानेश्वर, सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायत ठाउँका अवैध संरचनामा डोजर चलाइसकेको छ ।

कोटेश्वरको फुटपाथ पार्किङ अनुगमनमा जाँदै बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर  बालेन साह बुधबार साँझ कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमनमा जाने भएका छन्। बुधबार बिहानै सुन्धारा न्युरोड,दरबारमार्गका नक्सा पास बिनाका संरचना हटाएका बालेन आजै कोटेश्वर जाने भएका हुन्। महानगरपालिकाले न्युरोड क्षेत्रमा नक्सापास विना बनाइएका ठूला मलहरुका संरचनामा डोजर लगाएको छ। बुधबार नै मेयर बालेन दरबारमार्ग पुगेर त्यस्ता संरचनामा बनाइएका पसल र क्याफेहरुका संरचना हटाउन निर्देशन दिएका छन्। त्यसै गरी काठमाडौ जिल्ला अदालतलाई समेत पार्किङ खाली

जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली गर्छौं : मेयर बालेन

काठमाडौ : अवैध संरचना भत्काउन सुरु गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कानुन मिचेर बनेका संरचना हटाएरै छाड्ने बताएका छन्। सुन्धारा र न्युरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा देखिएका बालेनले साना ठूला कसैलाई पनि कानुन मिच्ने अधिकार नभएका बताए। उनले महानगरले नभई अवैध संरचना निर्माण गरी भाडामा लगाउने घरबेटीले क्षतीपूर्ती दिनुपर्ने बताए। डोजर चलाउनुअघि क्षतीपूर्ती माग्न आएकाहरुलाई अनुरोध गर्दै बालेनले भने, ‘अवैध संरचना जसले बनाएको भए पनि कानुनको दायरामा ल्