काठमाडौ : अवैध संरचना भत्काउन सुरु गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कानुन मिचेर बनेका संरचना हटाएरै छाड्ने बताएका छन्। सुन्धारा र न्युरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा देखिएका बालेनले साना ठूला कसैलाई पनि कानुन मिच्ने अधिकार नभएका बताए। उनले महानगरले नभई अवैध संरचना निर्माण गरी भाडामा लगाउने घरबेटीले क्षतीपूर्ती दिनुपर्ने बताए। डोजर चलाउनुअघि क्षतीपूर्ती माग्न आएकाहरुलाई अनुरोध गर्दै बालेनले भने, ‘अवैध संरचना जसले बनाएको भए पनि कानुनको दायरामा ल्