सर्वोच्च अदालतले पर्साको सार्वजनिक जंगल अतिक्रमण रोक्न मधेश प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले वन क्षेत्रमा अतिक्रमण गरी अनाधिकृत संरचना बनाउन रोक्न आदेश गरेको हो।...
कञ्चनपुर ः बेलडाँडी गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका घरटहरा हटाउने कार्य शुरु गरेको छ। अतिक्रमित जग्गा गाउँपालिकाले डोजर प्रयोग गरी खाली गराउन थालेको हो।१५ शय्याको अस्पताल निर्माणका लागि सार्वजनिक जग्गाको अतिक्रमण हटाउन थालेको गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले बताए। ‘गत साउन महिनामै ३५ दिने सुचना प्रकाशन गरी अतिक्रमण हटाउन भनेका थियौँ’ उनले भने, ‘त्यसपछि मंसिरमा ७ दिने सूचना जारी गर्यौँ। नहटाएपछि डोजर प्रयोग गरी हटाउन थालेका हौँ।’
रुपन्देहीको भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि सिद्धार्थ नगरपालिकाले घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेको थियो । तर अतिक्रमणकारीले अटेर गरेपछि नियमानुसार अवैध संरचना भत्काइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी बताए ।सर्वसाधारणको हितमा सार्वजनिक जग्गा उपयोग गर्ने नीति अन्तर्गत अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू भत्काउन सुरु
काठमाडौँ- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण रोक्नु ठूलो चुनौती भएको बताएकी छिन् । सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम नरोकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् । अतिक्रमण हुँदा प्राकृतिक विपत्ती निम्तिएको अवस्थामा २०० जना मान्छेलाई आश्रय दिने ठाउँ नभएको पनि बताइन् । सहर पनि कुरुप भएको र एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्वयन गर्न जरुरी […]
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण रोक्नु ठूलो चुनौती भएको बताएकी छन् । सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम नरोकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् । अतिक्रमण हुँदा प्राकृतिक विपत्ति निम्तिएको अवस्थामा २०० जना मान्छेलाई आश्रय दिने ठाउँ नभएको पनि बताइन् । सहर पनि कुरुप भएको र एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाइ छ । त्यसो नगरिए सहरी बस्न मात्र नभइ देखाउन लायक पनि नहुने बताइन् । सोही कारण एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छिन्। नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको भन्दै उनले गलत काम गर्नेलाई...
धनकुटा : धनकुटा र तेह्रथुमको सिमाना रहेको चित्रे बजारमा सार्वजनिक तथा सामुदायिक वनको जग्गा अतिक्रमण भएको छ।तेह्रथुमको लालीगुराँस नगरपालिका–४ चित्रे बजारको मुख्य सडकमाथि रहेका सार्वजनिक जग्गा र चित्रे बजारबाट फुलेक जाने शाखा सडकको दायाँबायाँ रहेको चित्रे सामुदायिक वनको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेका हुन्।मुख्य सडकमाथिको जग्गामा घरटहरा धमाधम निर्माण भइरहेका छन्। सामुदयिक वनको जग्गामा घडेरी खार्ने काम गरिएको छ। शक्तिको आडमा जे गरे पनि हुन्छ भन्ने मानसिकताले गर्दा सार्वजनिक तथा साम
जुम्ला : चन्दननाथ भैरवनाथको गुठीको जग्गा अतिक्रमण गर्नेको नाम सार्वजनिक भएको छ। यसअघि थाहाखबरमा गुठीको जग्गा अतिक्रमण भनेर समाचार छापिएको थियो।समाचार छापिएलगत्तै कर्णालीको प्रसिद्ध मानिने चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले मन्दिरको जग्गा अतिक्रमण गर्नेहरूको नाम सार्वजनिक गरेको हो। गुठी समितिका उपाध्यक्ष कालीबहादुर थापाको संयोजकत्वमा बनेको उपसमितिले २०७१ जेठ २७ गते गुठी समितिलाई जग्गा अतिक्रमण भएको प्रतिवेदन पेस गरेको थियो।गुठी समितिको बैठकले चन्दननाथ, भैरवनाथ गुठीको नाममा नापचाँज भएक