मुम्बई । आइपिएल अन्तर्गत बुधबार चेन्नई सुपर किङ्ग्ससँग कोलकाता नाइट राइडर्स १८ रनले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको कोलकाताले २० औं ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै २०२ रन बनाएको हो ।कोलकाताका लागि सुरुवात राम्रो रहेन । ३१ रनमै कोलकाताको आधा टीम पवेलियन फर्किएको थियो । तर दिनेश कार्तिक र आन्द्रे रसेलले कोलकातालाई खेलमा जीवितै राखेका थिए । रसेलले २१ बलमै अर्धशतक पूरा गरेका थिए । उनले तीन चौका र ६ छक्काको मद्दतले ५४ रन बनाए । यस्तै कार्तिकले ४० रन बनाए ।यस अतिरिक्त पाट कमिन्सले शानदार