इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जब किंग्सले कोलकाता नाइट राइजर्सलाई ५ विकेटले पराजित गरेको छ । कोलकाताले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पञ्जाबले १९.३ ओभरमा ५ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।अन्तिम ओभरमा पञ्जाबलाई जीतका लागि ५ रनको आवश्यकता रहेको थियो । तर, ओभरको दोस्रो बलमा वेंकटेस अय्यरले ६७ रन बनाएका केएल राहुललाई आउट गर्दै खेललाई रोमाञ्चक बनाएका थिए । तर, अर्को नै बलमा शाहरुख खानले छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए ।खानले मात्र ९ बलमा १ चौका र दुई छक्काको मद्दतले २२ रन बनाए । त्