५ बलमा लगातार ५ छक्का प्रहार गर्दै रिंकुले जिताए कोलकातालाई
खेलको अन्तिम ५ बलमा रिंकु सिंहको लगातार ५ छक्काको आधारमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२३ मा आइतबार दोस्रो जित हात पारेको छ । कोलकातालेले निकै रोमाञ्चक भिडन्तमा साविक विजेता गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको हो ।