नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म २४ हजारभन्दा बढी ऋणीहरुले १०६ अर्ब रुपैयाँ बराबरको पुनरकर्जा पाएका छन् । यस्तो पुनरकर्जा चालू आर्थिक वर्षको पुस मसान्तसम्म २४ हजार २६७ ऋणीले एक खर्ब ६ अर्ब ८ करोड रुपैयाँ लगेको राष्ट्र बैंकले जनाएको हो । बैंकका अनुसार ७ प्रदेश ७७ वटै जिल्लामा प्रवाह भएको यस्तो पुनरकर्जा ग्राहकको मूल्यांकनको आधारमा विशेष र साधारण गरि १०२ जना ऋणीमा १३ अर्ब ६२ करोड प्रवाह गरिएको छ । यस्तै, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट प्रदान गरिने एकमुष्ट कर्जामा २ हजार ९६०