बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल हुने भएको छ । स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति भएको एमालेले नगर अध्यक्ष किसन ज्ञवाली बताए ।एमाले नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल उपमहानगर अध्यक्ष भेकबहादुर सारु मगरले सम्झौता हस्ताक्षर गरेका हुन् । तालमेलसँगै दुबै दलले चुनाव प्रचार प्रसार अभियान संयुक्त रूपमा सञ्चालन गर्ने योज