काठमाडाैं : राति अबेर बसेको मन्त्रिपरिषद् बैठकले आउँदो कार्तिक २६ गते र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचन गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। योसँगै वर्तमान प्रतिनिधिसभा भंग हुने भएको छ। जसअनुसार मुलुक संविधानको धारा ७६ को उपधारा ७ बमोजिम गएको छ। संविधानको धारा ७६ को उपधारा ७ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्