काठमाडौँ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। आगामी आर्थिक वर्षमा नेपालमा राष्ट्रिय खेलकुद आयोजना गरिने जानकारी पनि मन्त्री पौडेलले दिए।