काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको स्थगितपछि भएको पहिलो खेलमा चेन्नई सुपरकिंग्स विजयी भएको छ। गएराति सम्पन्न खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई २० रनले पराजित गरेको छ।चेन्नईले दिएको १५७ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १३६ रन बनाएको थियो । मुम्बईका लागि सौरभ तिवारीले सर्बाधिक अविजित ५० रन बनाएका थिए भने आइपिएल डेब्यू गरेका अनमोलप्रित सिंहले १६ रन बनाए। यस खेलमा मुम्बई इण्डियन्सका नियमित कप्तान रोहित शर्मा र हार्दिक पाण्डेय खेलेका थिएनन्। चेन्नई