दिल्ली क्याटपिल्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।
चेन्नईमा मंगलबार राति साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो ।
मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ४५ रन बनाए । स्टिभ स्मिथले ३३ रन जोड्दा ललित यादव २२ रनमा अविजित रहे ।
कप्तान ऋषव पन्त र पृथ्वी श समान ७/७ रन जोड्दा आउट भए । शिम्रन हिटमेयरले अविजित १४ रन बनाए ।
मुम्बईका ...