काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको गुणस्तर कायम गरिने बताएका छन्।
राजधानीमा आज आयोजित साक्षात्कारमा मन्त्री बलायरले गुणस्तरीय पूर्वाधार निर्माणमा मन्त्रालयले अब विशेष ध्यान दिने बताए।
अन्तरमन्त्रालयबीच समन्वय गर्ने संयन्त्र नहुँदा सडकसम्बन्धी समस्याको प्रश्न उठेको बताउँदै मन्त्री बलायरले भने,‘सडकको समस्या एउटै मात्रै नभई अन्तर