हरेक वर्षको अगष्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । यस वर्षको स्तनपान सप्ताह साउन १७ देखि ‘हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ मनाउन सुरु गरिएको छ । स्तनपान र यसको महìवबारे जनचेतना फैलाउनु र स्तनपान गराउने बानी–व्यवहारमा परिवर्तन ल्याउनु यो स्तनपान सप्ताहको उद्देश्य हो ।