नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब कुनैपनि वेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने बताएका छन् । शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् । ‘चुनावको मिति कुनैपनि बेला घोषणा हुनसक्छ’, अध्यक्ष नेपालले भने, ‘अब त्यो तयारीमा जुट्नुस्, कार्यकर्ताको विन्यास गर्नुस्, जिम्मा