साउदीबाट ५८ नेपालीको उद्धार

दोहा– एक्जिट भिसा प्राप्त गरी साउदीबाट ५८ जना नेपालीको उद्धार गरिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारको लागि बहिर्गमन भिसा (एक्जिट भिसा) को प्रक्रिया गरिएका मध्ये ५८ जनाको एक्जिट भिसा प्राप्त भएकोले चाँडो भन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ । गैरकानुनी तथा अलपत्र नेपालीहरूले आफ्नो मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने […]

सम्बन्धित सामग्री

इजरायलबाट नेपालीको उद्धार गरेको भाडा निगमले माग्यो झन्डै ६ करोड

काठमाडौँ- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले हमास आक्रमणपछि असुरक्षित इजरायलबाट नेपालीको उद्धार गर्दा लागेको भाडाबापत ५ करोड ७५ लाख रुपैयाँ सरकारसँग माग गरेको छ। गत २५ असोजमा वायुसेवा निगमको वाइडबडी जहाजले इजरायलको तेल अबिबबाट २ सय ५४ नेपालीको उद्धार गरेको थियो। नेपालीको उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल पुगेका थिए। उक्त उडानभाडाका लागि निगमले […]

इजरायलबाट थप १८ नेपालीको उद्धार

काठमाडौँ : आतंकवादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि थप १८ जना नेपालीको उद्धार सरकारले गरेको छ। सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेका नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।परराष्ट्रमन्त्री एनपी साउदले मंगलवार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत १८ नेपालीको उद्धार गरिएको जानकारी दिए। ‘१८ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ उनले भने।मन्त्रालयले स्थानीय समयअनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फ

युक्रेनबाट ६ सयभन्दा बढी नेपालीको उद्धार

काठमाडौँ । सरकारले युद्धग्रस्त युक्रेनबाट ६ सयभन्दा बढी नेपालीको उद्धार गरेको छ। बर्लिन् र मस्को दूतावास, गैर आवासीय नेपालीको संस्था एनआरएनए र अरू अन्तर्राष्ट्रिय समुदायको सहयोगमा युक्रेनमा रहेका नेपालीलाई उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले ६ सयभन्दा बढी नेपालीलाई युक्रेन सीमाबाट बाहिर निकालेको जानकारी दिइन्। उनले भनिन्, ‘उद्धार गरेकोलाई व्यवस्थापनमा अप्ठ्यारा […]

अफगानिस्तानबाट हालसम्म ६५४ नेपालीको उद्धार

अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।     उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई दुबईको उडानबाट ३९, सोमबार टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट १०४ गरी जम्मा १४९ जना स्वदेश फर्किएका छन् । मन्त्रालयका अनुसार हालसम्म कूल ६५४ नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौँ आइपुगेका छन्।     नेपाली ...

अफगानिस्तानबाट ५०४ नेपालीको उद्धार

५ भदौ, काठमाडौं । अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपालीको उद्धार भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार टर्कसिस एरबाट २६ जना र जजिरा एयरबाट ९ जना गरी ३५ जनाको उद्धार भएको छ । कन्सुलर सेवा विभागको वेव पोर्टलमा शनिबार साँझ ५ बजेसम्म ३१७ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गरेका छन् । उद्धारको लागि सूचीकृत भएकामध्ये […]

अफगानिस्तानबाट २८८ नेपालीको उद्धार

रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ ।

अफगानिस्तानबाट २८८ नेपालीको उद्धार

रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी  काठमाडाैं ल्याइएको छ । उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानबाट २८८ नेपालीको उद्धार

रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी  काठमाडौँ ल्याइएको छ । उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अफ्गानिस्तानबाट थप नेपालीको उद्धार आजै

अफ्गानिस्तानमा फसेका १२७ जना नेपालीको उद्धार भएको छ । कतार, कुवेत हुदै जजिरा एअरलाइन्स मार्फत १०ः१५ बजे काठमाडौं ल्याइएको हो । अफ्गानिस्तानमा रहेका थप नेपालीलाई उद्धार गर्ने क्रम जारी रहेको प्रहरी प्रवक्ता बसन्त बहादुर कुँवरले जानकारी दिनुभयो ।

अफगानिस्तानबाट नेपालीको उद्धार गर्न के–के हुँदैछ ?

अफगानिस्तानको राजधानी काबुललाई तालिवानले कब्जा गरेपछि त्यहाँ रहेका नेपालीको सुरक्षालाई लिएर नेपालमा चिन्ता बढेको छ । एक सातादेखि नै नेपालीको उद्धार गर्न दबाव आए पनि नेपाल सरकारले आइतबार मात्रै नेपालीलाई उद्धार गर्न समिति गठन गरेको छ ।परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा गृह, अर्थ, श्रम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको छ ।समितिलाई दिइएको कार्यभार