नेकपा एमाले काठमाडौंको शुक्रबार हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी क्रिकेट मैदानमा शुक्रबार हुने जिल्लाको छैटौँ अधिवेशनको तयारी पूरा भएको अध्यक्ष कृष्ण राईले जानकारी दिए । जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको राईले बताए । काठमाडौँका ११ नगर र १३८ वटा वडाहरूमा र १० प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरुबाट २० पुसमा जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएक